सुनसरी–१ मा अशोक राई विजयी

धरान, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन् । मतगणनामा सुरूदेखि नै पछि परेका राईले आइतबारदेखि भने अग्रता लिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राईले प्रतिनिधिसभा सदस्यमा सफलता पाएका हुन् ।

घन्टी चुनाव चिन्हकी तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी छन् । सुनसरी–१मा जसपालाई नेकपा (एमाले)ले समर्थन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति