९ क्षेत्रको अन्तिम परिणाम आउन बाँकी, कहाँ कसको अग्रता ?

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

६ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ४ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।

हेर्नुहोस् कहाँ कसको अग्रता

इलाम १
महेश बस्नेत (नेकपा एमाले) २०३८५
झलनाथ खनाल (एकीकृत समाजवादी) (१८२०५

सुनसरी १
गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) १२८५५
अशोककुमार राई (जनता समाजवादी पार्टी) १२५०४
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) ९९००

सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) १६००५
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) ११६९५
कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) ५२८६

सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) २३३४१
जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) २८५२

उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) २०१२०

धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) २१२२४
रघुबीर महासेठ (नेकपा एमाले) २०२०३
महाजन यादव (जनता समाजवादी पार्टी) ४६०८

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board