पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाडौँ, ११ मंसिर । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board