प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भेटवार्ता भएको हो।

उक्त भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेका थिए।

तर खास गरी माओवादीमा सोचेअनुसार परिणाम नआएको भन्दै असन्तुष्टि बढेको छ।

शुक्रबार गोरखा पुगेका प्रचण्डले सोचे जस्तो परिणाम नआएको भन्दै यसबारेमा गठबन्धनको बैठक तत्कालै बसेर समीक्षा गर्ने बताएका थिए।

यो निर्वाचनमा कांग्रेसले कम्तीमा पनि ६५ सिट र माओवादीले ४५ सिट जित्ने आँकलन थियो।

तर कांग्रेस ५० आसपास र माओवादी १८ आसपासमा रोकिने अवस्था छ। यसलाई लिएर नेताहरुबीच असन्तुष्टि बढेका बेला दुई नेता भेट गरेका हुन्।

निर्वाचन परिणाम आउँदै गर्दा गठबन्धनको पनि स्पष्ट बहुमत आउने अवस्था देखिएको छ। यस्तो अवस्थामा सत्तारूढ दलहरु छलफलमा जुटेका हु्न्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति