चितवन–३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

काडमाडौँ, १० मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे नौ हजार दुई सय ३३ मतान्तरका साथ विजयी भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा.भोजराज अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो ।

यस्तै, चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा माओवादीका ठाकुर ढकाल विजयी भएका छन् । उनी १५ हजार ४६१ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार ६१५ मत प्राप्त गरेकी छन् ।

नेकपा (एमाले)की सरस्वती विष्टले १० हजार १२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति