सिरहा, १० मंसिर । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार १८२ मतान्तरले विजयी भएका हुन् ।
श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार ८८२ मत प्राप्त गरेका छन् । यस्तै, जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार १४६ मत प्राप्त गरे ।
प्रतिक्रिया