जनताको चाहनाअनुसार काम गर्छु : नेता सिंह

काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताए । “विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु”, उनले भने ।

उनले तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने बताए । नेता सिंहले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।

सोही अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई धन्यवाद दिए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै सफल कार्यकालको सफलताको कामना गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति