प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

काठमाडौँ, १० मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको छ ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार ३७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार २३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार ७२४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ४८ हजार २१७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार ५०४ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति