पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित, पाण्डे पराजित

काठमाडौं, ९ मंसिर । पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउँदै गैरै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । याे निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति