शेरधनलाई हराउँदै माओवादीका किराती निर्वाचित

काठमाडौँ, ९ मंसिर । नेकपा (माओवादी केन्द्र)का सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का शेरधन राईले २६ हजार १९३ मत पाए 

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेशसभा १ मा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति