रूपन्देही–२ (१) बाट पूर्वमन्त्री लिला गिरी विजयी

भैरहवा, ८ मंसिर । रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट नेकपा (एमाले)का लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन् । केसीले  १४ हजार ८९७ मत प्राप्त गरेका छन् ।

६३ हजार ५०३ मतदाता रहेको प्रदेशसभा १ मा २ हजार २ ५४ मत बदर भएको छ भने ३८ हजार ५२६ मत सदर भएको छ । विजयी भए पनि औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board