बझाङमा एकीकृत समाजवादीका जोशी विजयी

बझाङ, ८ मंसिर । बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उनी ९९८ मतान्तरले निर्वाचित भएका हुन् । उनले २८ हजार एक सय ४३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महरले २७ हजार १४५ मत गरेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले बताए ।

प्रदेशसभा (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले तीन हजार सात ७६ मतान्तरले विजयी भएका हुन् । उनले १७ हजार एक १३ मत प्राप्त गरे । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन ३६ मत प्राप्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board