गोरखा–२ मा प्रचण्ड १२ हजार मतले अगाडि

गोरखा, ७ मंसिर । चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन्।

आज साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका हुन् । कुल ४१ हजार चार सय सात मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाएका छन् ।

बुर्लाकोटी अध्यक्ष प्रचण्डभन्दा १२ हजार ६११ मतले पछाडि परेका छन् । त्यस्तै, नेकपा (एमाले)का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म पाँच हजार ६३६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board