लमजुङमा मतान्तर घटाउदै देव गुरुङ, पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि

लमजुङ ७ मंसिर । नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३०८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८ र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । 

कुल ८० हजार ९१७ मत खसेकोमा ५३ हजार ५१२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति