गगनमाथि दीपशिखाको आरोप– घण्टीसँग मिलेर सहयात्रीलाई हराउनुभयो

काठमाडौँ, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन् ।

थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।

थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ।’

उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति