सुर्खेत २ बाट कांग्रेसका थानी, पर्साबाट रमेश रिजाल र काठमाडौं– १० बाट राजन विजयी

सुर्खेत, ७ मंसिर । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् ।कूल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् ।

०७४ मा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् । यता पर्सामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले(जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए । यसैवीच काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति