मतगणनास्थल नजिकै खुकुरी प्रहार गरी युवकको हत्या

बुटवल, ७ मंसिर । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५÷४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यलय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board