दमौली, ६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले नेकपा (एमाले)लाई उछिनेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ५४४ मतले अग्रता लिएका छन् ।
आज साँझ ७ बजेसम्मको मतगणनाअनुसार नेता पौडेलले चार हजार ७११ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले चार हजार एक सय ६९ मत पाएका छन् ।
यस निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकोमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
COMMENTS