सिन्धुपाल्चोक १ मा एमालेको अग्रता

मेलम्ची, ६ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार ९०१ मतसहित पछ्याइरहेका छन् ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उनले दुई हजार एक सय ३९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार ९२१ मत पाएका छन् ।

हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति