काभ्रे–२ मा बास्कोटा १३ सय मतले पछाडि

काठमाडौँ, ६ मंसिर । काभ्रेपलाञ्चोक–२ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता लिएका छन् ।

अहिलेसम्म ७ हजार ८५० मतगणना सकिँदासम्म उनले ४ हजार ११५ मतसहित अग्रता लिएका हुन् ।

नेकपा (एमाले)का उम्मेदवार गोकुलप्रसाद बास्कोटाले २ हजार ८५३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका बास्कोटा निर्वाचित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति