बागलुङ १ मा चित्रबहादुर केसीको अग्रता कायमै

बागलुङ, ६ मंसिर । बागलुङ–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीको अग्रता कायमै छ ।

प्रतिनिधिसभा सदस्यतर्फको ६ हजार ५६४ मतगणनामा केसीले २ हजार ५१६ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले २ हजार १९३ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले १ हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसादा सापकोटाले १४६, स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६० र नेपाली कांग्रेस बिपीका शिवलाल सापकोटाले ६१३ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति