दोस्रो स्थानमा उक्लिए रवि, एमालेको अग्रता कायमै

काठमाडौँ, ६ मंसिर । चितवन–२ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिन्ह लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन् ।

मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन् ।

अहिलेसम्म ७ हजार ४१ मत गन्दा लामिछानेले २ हजार २२७ मत ल्याएका छन् भने श्रेष्ठको २ हजार ३६ मत छ ।

यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २ हजार ३३१ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति