उदयपुर २ मा एमाले उम्मेदवार झिनो मतले अगाडि

उदयपुर, ६ मंसिर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी २५ मतले अघि छन् ।

उम्मेदवार रायमाझी सुरुवाती झिनो मतान्तरले अग्रता छन् । ४ हजार १३० मत गणना हुँदा रायमाझीले १ हजार २३६ मत पाएका छन् ।

उनलाई पछयाउँदै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १ हजार २११ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का उपमहासचिब जगनाथ खतिवडाले ९७७ मत पाएका छन् । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति