मनाङ प्रदेशसभा–१ मा कांग्रेसका गुरुङ निर्वाचित

लमजुङ, ५ मंसिर । मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् ।मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ ।

प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।गण्डकी प्रदेशकै मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति