झापा–५ मा केपी ओलीलाई दोब्बर बढी मतको अग्रता

काठमाडौं, ५ मंसिर। झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मत ल्याएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मतसहित तेस्रो स्थानमा छन्। झापा–५ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ। अघिल्लो निर्वाचनमा पनि यो क्षेत्रमा ओली नै चुनिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति