बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो (अपडेट)

बैतडी, ५ मंसिर । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ ।  

दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको  हेलिकोप्टरमार्फत् नेपालगञ्ज लगिएको छ । सोमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । 

६ जना घाइतेको परिचय खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत छन् । 

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

दुर्घटनामा परेका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । उनीहरूलाई निर्वाचनका लागि बैतडी खटाइएको थियो । जिपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । 

से१ज ८५४ नम्बरको जीप पाटन नगरपालिका–४ को निङलाडी खोलामा दुर्घटना भएको हो । घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board