मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाण

रुपन्देही, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।

गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् । 

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति