चितवन, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनले आरमसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन् ।
गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे ।
उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जाने छ । ‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौँ, प्रधानमन्त्रीका कारण गठबन्धन टुट्दैन,’ प्रचण्डले भने ।
प्रचण्डले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताए ।
प्रचण्डले कुन पार्टीले कति मत ल्यायो भन्ने महत्वपूर्ण नभएर आवधिक निर्वाचन सम्पन्न हुनु ठुलो भएको बताए । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका प्रचण्डले भने, “कुन पार्टीले कति मत ल्यायो भन्दा पनि ठुलो कुरो निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन सम्पन्न हुनु भनेको संविधान र व्यवस्थाले ठिक ढंगले काम गर्दै छ भन्ने कुराको प्रमाण हो ।”
प्रतिक्रिया