समानुपातिक उम्मेदवारहरूलाई परिचय पत्र दिइने

काठमाडौं, १ मंसिर । आइतबार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । 

प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो । 

समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ । 

परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरणसहित तोकिएको ढाँचामा परिचय पत्र उपलब्ध गराउन मातहतका कार्यालयलाई निर्देशन दिएको समेत जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति