आसन्न निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह : प्रचण्ड

खोटाङ, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् । 

वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बीचको जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन् ।

अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे । 

सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका सहमहामन्त्री एवम् प्रवक्ता डा. प्रकासशरण महतले एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ आरोप लगाए। डा.महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको दाबी गरे । उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औँल्याए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति