मोरङमा शेखरको सहयोगमा ४ नं. क्षेत्र र सुजातालाई पराजित गर्ने रणनीतिमा एमाले

विराटनगर १ मंसिर । आसन्न आम निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गरिरहेका क्षेत्र मध्ये मोरङ बढी तरल क्षेत्रका रुपमा देखिएको छ । सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच प्रतिस्पर्धा गरिरहेका मोरङका ६ क्षेत्र मध्ये प्रमुख प्रतिपक्षी दल एमालेले मोरङका २ वटा क्षेत्रमा निर्वाचन जित्ने रणनीति बनाएको स्थानीय नेताहरु गर्दछन् । मोरङ एमाले रणनीतिकारहरुका अनुसार यसपटक मोरङ क्षेत्र नं. २ मा गिरिजा पुत्री सुजाता कोइरालाई हराएर अघिल्लो पटक वाम गठबन्धन हुंदा पनि भएको पराजयको बदला लिने दाउमा एमाले देखिएको छ । एमालेका आशा के छ भने गठबन्धन भएपनि गिरिजापुत्री कोइराला आउटडेटेड उमेद्वार रहेकाले एमालेका डाइनामिक नेता ऋषि पोखरेलले जित्ने उनीहरुको दावी छ ।
त्यसैगरी मोरङ क्षेत्र नं. ४ मा गठबन्धनका तर्पmबाट माकेका अमनलाल मोदीलाई एमालेका विनोद ढकालले पराजित गर्ने रणनीति बनाएको एमालेका बुद्धिजीवीहरु बताउँछन् । एमाले स्रोतका अनुसार सत्तारुढ गठबन्धनको कसरत चलिरहेका बेला नेकाका नेता डा. शेखर कोइराला र एमाले अध्यक्ष ओली बीच भएको सहमति अनुसार देशभर केही गर्न नसकेपनि कोइरालाले मोरङ ४ मा एमालेलाई सघाउने बचन दिएका छन् । अर्कातिर एमाले उमेद्वार विनोद ढकाल अध्यक्ष ओलीका विश्वासपात्रका अतिरिक्त साधन स्रोतले सम्पन्न र निर्वाचन जित्न जति पनि खर्च गर्न सक्ने उमेद्वार रहेको एमालेकै कार्याकर्ताहरु बताउन थालेका छन् । नेकाका शेखर समूहले माओवादी उमेद्वारलाई भन्दा एमालेलाई गुन लगाएर भविष्यमा पनि अध्यक्ष ओलीसँगको व्याक च्यानल सुरक्षित गर्न खोजिरहेका छन् । तर यो भित्री साँठगााँठ बुझेका गठबन्धनका शेरबहादुर देउवा र प्रचण्डले शेखर कोइरालाले बद्मासी गरेमा उनलाई नै पराजित गराइदिन सक्छन् । डा. शेखर कोइराला उठेको क्षेत्र नं ६ को क मा प्रचण्डका ज्वाईं जीवन आचार्य प्रदेश सभा क मा दोस्रो पटक उमेद्वार छन् । कोइरालाको हरपलको खवर आचार्यले संकलन गरेर केन्द्रमा रिर्पोटिङ गरिरहेका छन् ।
मोरङका अन्य ४ क्षेत्रमा भने गठबन्धनका उमेद्वार सहजै जितको नजिक देखिएका छन् । रमाइलो के छ भने प्रदेश नं १को सिटको बांडफांडमा जसपाले प्रतिष्ठाको विषय बनाएको क्षेत्र नं ५ मा एमालेसंग मिल्दा पनि उसलाई जित निकाल्न सहज देखिएको छैन ।

https://www.youtube.com/@abcnewstvnepal

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board