प्रदेश १ का २८ क्षेत्रमा २२ क्षेत्र क्लियर, ६ मा प्रतिस्पर्धा, नेका र एमालेबीच झिनो अन्तर

विर्तामोड, झापा ३० कात्तिक(एबीसी-नेपालपेज स्थलगत) शुभशंकर कँडेल, डण्ड गुरुङ, ध्रुव अधिकारी र जिल्ला सम्वाददाताहरु ।

प्रदेश नं. १ मा रहेका २८ निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच दुई पक्षीय प्रतिस्पर्धा रहेको छ । यो प्रदेशमा अन्य प्रदेशमा जस्तो नयाँ राजनीतिक खेलाडी वा स्वतन्त्रको हावा चलेको छैन । प्रदेश नं. १ पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । त्यो सँगै यो प्रदेश नेकाले आफ्नो दावी गर्ने कोइराला परिवारको विरासत बोकेको प्रदेश पनि हो ।
एबीसी स्थलगत रिर्पोटिङका क्रममा झापाका ५ क्षेत्र मध्ये नेकपा एमाले ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो जित निकालेर यहींबाट पार्टीको खाता खोल्ने दाउको नजिक रहेका छन् । अघिल्लो पटक भन्दा यसपटक लिङदेनलाई नेकाका पूर्व महामन्त्री तथा गृहमन्त्री कृष्ण सिटौलाले कडा टक्कर दिइरहेका छन् । भद्रपुरको पुरानो नगरपालिका आसपासका २२ मतदाता मध्ये १२ जनाले लिङ्देनले जित्ने बताउँदा १० जनाले सिटौलो जित्ने दावी गरे ।


नेपाली कांग्रेसका लागि झापाको क्षेत्र नं. १ मा महामन्त्री विश्वप्रकाश शर्माले एमालेका पूर्व कानुनमन्त्री अग्नी खरेललाई हराएर कांग्रेसको बीउ जोगाउने दौडको नजिक रहेका छन् । पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओली भने आफ्नै पुरानो निर्वाचन क्षेत्र झापा ५ बाट सहज जितको अवस्था रहेका छन् । उनीसँग नेकाका पुरानै प्रतिस्पर्धी खगेन्दै पाण्डव अधिकारी प्रतिस्पर्धामा रहेका छन् भने पूव नागरिक अभियन्ता युग पाठकले ओलीलाई गिज्याइरहेको क्षेत्र पनि हो यो ।


०६२–६३ को जनआन्दोलनका बेला शान्ति प्रक्रिया शुरु गर्ने अभियानमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका दाहिने हात मानिने पूर्व गृहमन्त्री समेत रहेको कृष्ण सिटौलालाई दोस्रो पटक राजावादी राजेन्द्र लिङदेनले पराजित गर्ने अवस्था देखिएको छ । यो लोकतान्त्रिक निर्वाचन प्रणाली भनिएको तरिकाको विडम्वना भने पनि हुने राजनीतिक विश्लेषक तथा मेची क्याम्पसका सह प्रध्यापक राजेन्द्र केसीले टिप्पणी गरे । राजवंशी र सतारको निर्णायक मत मानिने यो क्षेत्रमा अन्तिम समयमा जे पनि हुनसक्ने स्थानीय बुद्धिजीवी तथा व्यवसायीहरु बताउँछन् ।
झापामा एमाले– राप्रपा र सत्तारुढ गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँ एमालेले राजेन्द्र लिङद्ेनलाई समर्थन गरेको छ भने राप्रपाले एमालेलाई समर्थन गरेको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले बाहेककका सवै दल एकातिर भएर राप्रपाका उमेद्वारलाई जिताएर एमाले उमेद्वार पराजित गरेर ओलीलाई हराएको प्रचार गरेका थिए । त्यो घटनाबाट झस्केका ओलीले संघीय चुनावमा धेरै सजगता अपनाएका छन् ।
झापाको क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट पूर्व एमाले नेता माके बनेर हरिकुमार राना र एमाले केन्द्रीय सदस्य देवराज घिमिरेबीच कडा प्रतिस्पर्धा छ । स्थलगत अवस्थाले घिमिरे जितको नजिक छन् । तर उनलाई पूर्व पत्रकार अधिवक्ता स्वतन्त्र उमेदवार बनेका स्वागत नेपालले तनाव भने दिएकै छन् ।
क्षेत्र नंं. ४ मा गठबन्धनबाट देउकुमार थेवे र एमालेका पुरानै अनुहार लालप्रसाद साँवा बीच कडा प्रतिस्पर्धा छ । एमालेले आफ्ना जनमत जोगाउन सक्दा सांवाले पुन जित हासिल गर्न सक्ने देखिन्छ । थेवे कांग्रेसका प्रभावशाली र नयाँ अनुहार भएका कारण आफूले जित्नेमा ढुक्क रहेको उनले बताए ।


मोरङ
प्रदेश १ को अर्को सवैभन्दा बढी अस्थिर अवस्था रहेको जिल्ला मोरङ हो । यहाँ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । मोरङको छ नं. क्षेत्र गठबन्धनका उमेद्वार डा. शेखर कोइराला यस पटक सहज अवस्था छन् । उनको संसद यात्रालाई साइकल स्टन्टवाला एमाले उमेद्वार लालबाबु पण्डितले रोक्न सक्ने अवस्था छैन । मोरङ ५ मा एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव र सत्ता गठबन्धनबाट माकेका शिव कुमार मण्डल (केवट) बीच चर्को प्रतिस्पर्धा देखिएको छ । हालै सम्पन्न स्थानीय तहको मतका हिसावले सत्ता गठबन्धन अघि भएपनि मोरङ ५ मा मतदाता र उमेद्वारबीच जातिय फ्याक्टरले पनि काम गर्ने अवस्था रहेको देखिएको छ ।

k|lzIf0f sfo{qmd g]kfnL sfFu|]; /Tggu/ gu/;ldltn] zlgaf/ /Tggu/df cfof]hgf u/]sf] cu’jf k|lzIf0f sfo{qmddf dGtJo JoQm ub}{ g]sf g]tf 8f= z]v/ sf]O/fnf . tl:a/M gf/fo0f clwsf/L, lrtjg, /f;;


क्षेत्र नं ४ मा गठबन्धनबाट माकेका अमनलाल मोदी र एमालेका विनोद ढकालबीच प्रतिस्पर्धा छ । ओली–शेखर कोइरालाबीचको अघोषित साँठगाँठको त्रासमा माकेका मोदी कार्यकर्ता देखिए पनि उनी जितको नजिक छन् । उनी यस अघि वाम गठबन्धनबाट सोही विर्नाचन क्षेत्रबाट विजयी सांसद हुन् ।
क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट नेकाका मेडिकल कलेज व्यवसायी विवादास्पद छविका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल बीच प्रतिस्पर्धा छ । यी दुवै जना अघिल्लो निर्वाचनका पनि प्रतिस्पर्धी हुन् । पहिलो कार्यकालमा ढकाल निर्वाचन क्षेत्रमा प्रभावकारी नदेखिएको मतदाताको गुनासो छ । त्यसको फाइदा उठाउनेमा नवधनाढ्य सुनिल शर्मा रहेका छन् । क्षेत्र नं २ मा गिरिजापुत्री सुजाता कोइराला र एमालेका ऋषि पोखरेलबीच प्रतिस्पर्धा छ । गिरिजापुत्री कोइरालाले आफूलाई अन्तिम पटक भोट दिन अपिल गरेर सहानुभूतिको मत समेत बटुल्ने ध्याउन्नमा छिन् ।

NC Leader Sujata Koirala announce for President of Nepali congress at his residency, Mandikhatar, Kathmandu on Wednesday. POST PHOTO/PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

पोखरेलाई यस अघि वाम गठबन्धन भएका बेला नेकाका मिनेन्द्र रिजालले पराजित गरेको क्षेत्र पनि हो । नेकाकै गुटउपुटको अन्तरघात हुने हो कि भन्ने चिन्तामा सुजाता भेटिइन् । उनी जितको नजिक छन् । क्षेत्र नं. १ मा नेकाका डिगबहादुर लिम्वु र एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा छ । खतिवडालाई पराजित गरेर लिम्वु संसद प्रवेश गर्ने दाउमा छन् । त्यहाँको जनजातिय मतदाताको समेत उनले बढी आशा गरेका छन् ।
सुनसरँी
सुनसरीका ४ क्षेत्रमध्ये धरान उपमहानगरपालिका समेत रहेको क्षेत्र नंं . १ बढी चर्चित छ । त्यहा सत्ता गठबन्धनबाट माकेका युवा उमेद्वार मुक्साहाङ सुब्वा र एमाले–जसपाबाट अशोक राई रहेका छन् । राईलाई एमालेका मनोज मेयाङ्वोले बागी उमेद्वारी दिएर राईको संसद प्रवेशलाई रोक्ने अवस्था सिर्जना गरिदिएका छन् । इटहरीमा भएको सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणले जसपा नेता अशोक राईको माहोल झन विग्रेको स्थानीय अगुवा नविन गुरुङले बताए ।
क्षेत्र नं. २ मा नेकाका पुरानै सांसद शिवराम मेहता र एमालेका भीम आचार्यबीच प्रतिस्र्धा रहेको छ । त्यो क्षेत्रको स्थलगत अवस्थालाई हेर्दा चर्को प्रतिस्पर्धाको क्षेत्रमा रहेको छ । जनमतका हिसावले सत्ता गठबन्धन अगाडि भएपनि मेहताप्रति युवा मतदाताको कुनै आकर्षण छैन । अर्कातिर आचार्यको उमेद्वारीलाई एमालेभित्रकै एउटा समूहले कति सघाउला भन्ने आशङका चुनाव हुन ५ दिन बांकी रहँदा समेत मेटिएको छैन ।
अर्को रोचक क्षेत्र हो ३ नं. हो । जहाँ पुरानै प्रतिस्पर्धी विजय कुमार गच्छदार र एमालेकी भगवती चौधरी बीच प्रतिस्पर्धा छ । वाम गठबन्धनका बाबजुद झिनो मतातन्तरले अघिल्लो पटक पराजित भएकी चौधरीप्रति मतदाताको सहानुभूति छ । तर सत्ता गठबन्धन र शक्तिको जस्तो सुकै प्रयोग गर्न माहिर गच्छदार आफ्नो जितप्रति ढुक्क छन् । दुर्भाग्य के छ भने उनीमाथिको भ्रष्ट्राचार मुद्धाका कारण उनले जिते पनि संसद छिर्न पाउँदैनन् । उनी निलम्वित सांसद हुनेछन् ।
क्षेत्र नं. ४ भने बहालवाला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका लागि सहज क्षेत्र हो । उनको प्रतिस्पर्धामा एमालेका जगदीश प्रसाद कुसियत रहेका छन् ।
उदयपुर
उदयपुरमा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अघिको निर्वाचनमा वाम गठबन्धनका बावजुद पनि झिने मतान्तरले नेकाका नारायण खड्का निर्वाचित भएका थिए । यसपटक खड्कालाई सत्ता गठबन्धनका दलहरु माके र एसको साथ छ भने एमालेकी मञ्जुकुमार चौधरीको अघिल्लो पटकको सहयात्री र आफ्नै दलको पनि जनमत घटेको अवस्थामा पुन उमेद्वार बनेकी छन् । परराष्ट्रमन्त्री रहेका डा. खड्का जितको सहज अवस्थामा देखिएका छन् ।
क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट एसका जगन्नाथ खतिवडा र एमालेका अम्मरबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा माकेका सुरेश कुमार राई निर्वाचित भएका थिए । यो क्षेत्र एसलाई दिएकोमा राई असन्तुष्ट रहेका छन् । यसको फाइदा उठाएर जित निकाल्ने बलियो सम्भावनामा एमालेका रायमाझी रहेका छन् । पार्टीमा हुँदा टिकट नपाएर लफडा गरेका खतिवडा पार्टी विभाजन गरेर उमेद्वार हात पारे पनि उनको संसद प्रवेश असहज देखिएको छ ।

ताप्लेजुङमा एमालेका योगेश भट्टराई र सत्ता गठबन्धनका तर्फबाट माकेका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनमा थोरै मतले सत्ता गठबन्धन अघि भएपनि भट्टराईले सहजै जित्ने अवस्थामा रहेको देखिएको छ।
इलाम
प्रदेश १ को अर्को चर्चित क्षेत्र हो इलाम । यहाँ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट एसका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र खनालकै कार्यकर्ता एमालेका महेश बस्नेतबीच प्रतिस्पर्धा भइरहेको छ । खनाल यसपटक पनि आफ्नो जितको अविच्छिन्न यात्रालाई कायम गर्ने अवस्थामा देखिएका छन् ।
क्षेत्र नं २ मा संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र सत्ता गठबन्धनबाट नेकाका डम्मर बहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ । नेम्वाङको क्षेत्रमा एसको कुनै प्रभाव नभएकाले एमालेको जनमत जोगाउन सक्दा मात्रै पनि नेम्वाङले सहजै जित्ने अवस्था देखिएको छ ।


पाँचथरमा पुरानै प्रतिद्धन्दी सत्ता गठबन्धनबाट भीमराज आङदम्वे र एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ । यहाँ नेम्वाङलाई यस पटक संसद प्रवेशमा रोकेर अघिल्लो पटकको बदला लिनेमा आङदम्वे रहेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहको अर्को जिल्ला संखुवासभामा सत्ता गठबन्धनबाट नेकाका दिपक खड्का र एमालेका राजेन्द्र गौतमबीचको पुरानै प्रतिस्पर्धा छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धन भएका कारण करिब ११ सय मतले खड्कालाई पराजित गरेको गौतम यसपटक खड्काबाट पराजित हुने देखिएको छ ।

तेह्रथुममा सत्ता गठबन्धनबाट नेकाकी सिता गुरुङ र एमालेका विजय सुव्वा बीच प्रतिस्पर्धा हुँदा गठबन्धनकी सिता गुरुङ सहज जितको अवस्थामा रहेकी छन् ।


भोजपुरमा प्रदेशका पूर्व मुख्यमन्त्री एमालेका शेरधन राई र सत्ता गठबन्धनबाट माकेको सुदन किरांतीबीच रोचक प्रतिस्पर्धा छ । राई मुख्य मन्त्री हुँदाको असन्तुष्टी समेतलाई भँजाएर फराकिलो मतान्तर पुनः विजय हुने अवस्थामा माकेका राई देखिएका छन् ।
धनकुटा पूर्व प्रधानमन्त्री सूर्यबहदुर थापाको गृह जिल्ला हो । अहिले उनकै पुत्र सुनिलबहादुर थापा सत्ता गठबन्धनका उमेद्वार बनेका छन् । उनी नवकांग्रेसी हुन् । उनलाई पुरानै प्रतिद्धन्दी एमालेका राजेन्द्रकुमार राईले पुनः पराजित गर्ने पर्खाइमा छन् । धनकुटामा सुनिल बहादुर थापालाई उमेद्वार बनाउने निर्णयको विरोधमा माकेका पूर्व सभासद हेमराज भण्डारी सहितको समूहले पार्टीबाट अलग भएर भण्डारीले स्वतन्त्र उमेद्वारी दिएका कारण एमालेका राईलाई सहज भएको छ ।


सोलुखुम्वुमा सत्ता गठबन्धनले पुराना र विवादास्पद अनुहार नेकाका बलबहादुर केसी लाई उमेद्वार बनाएका कारण जनमतमा सत्ता गठबन्धन अघि रहे पनि उनलाई एमाले उमेद्वार मानवीर राईले संसद प्रवेशमा रोक्ने स्थिति देखिएको छ । यस अघि त्यहाँबाट वाम गठबन्धनका हेमकुमार राईले यिनै बलबहादुर केसीलाई पराजित गरेका थिए ।
खोटाङमा एमालेका विशाल भट्टराई र सत्ता गठबन्धनबाट माके उमेद्वार रामकुमार राईबीच प्रतिस्पर्धा छ । भट्टराईले नेकाको असन्तुष्ट समूहको मत तानेर आफ्नो जित जोगउने कसरतमा रहेका छन् । तर जनमतका हिसावले भट्टराई गठबन्धनभन्दा पछि छन् । गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको मत ५०६१४ रहेको छ भने एमालेको २९८३२ मत आएको देखिन्छ । स्थानीय अवस्थाका आधारमा यो निर्वाचन क्षेत्र चर्को प्रतिस्पर्धाको क्षेत्रका रुपमा देखिएको छ ।
ओखलढुङ्गामा पुरानै प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेकाका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार बीच प्रतिस्पर्धा हुँदैछ । यसपटक खतिवडाले सुनुवारलाई रोकेर आफू संसद प्रवेश गर्ने दिनको नजिक देखिएका छन् ।

१३२ सिटमा दलहरुको अवस्था क्लियर, ३३ सिटमा दलहरुबीच तीव्र प्रतिस्पर्धा, नेका ६१, एमाले ३७ र माके २५ सिट निश्चितप्राय

एबीसी सर्वेक्षण : सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board