विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने

काठमाडौँ, ३० कात्तिक । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ ।

विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ । 

उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वोच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तर, बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

मिडिया हबको ४ मंसिरदेखि कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति