भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, २९ कात्तिक । भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । 

झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति