गठबन्धनको एकमात्र एजेन्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड

लमजुङ, २९ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको एकमात्र एजेन्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि संघसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो ।

लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातबिसे बजारमा आयोजित कोणसभामा उनले भने, “राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।” गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन र समृद्धिमा लगाउने एक सुत्रे नारा बनाएको प्रचण्डको भनाइ छ ।

उनले भने, “निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचनजस्तो नभइ यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुंग्याउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकेल्ने, निरंकुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो ।”

शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिन्हमा छाप लगाएको र गिरिजाले हसिया हथौडामा छाप लगाएको हो ।”

उनले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति