देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : ओली

सिन्धुली, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन् ।

सिन्धुलीको दुधौलीमा सोमबार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न अपिल गरे ।

उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार अवश्यक रहेकोमा जोड दिए । “एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौ, तपाईंको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुने छ,” ओलीले भने । उनले सुनकोसी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए ।

बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । “महिनावारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौँ,” उनले भने, “यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।” ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।

एमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवल, मनोजजंग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति