निर्वाचन आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण

काठमाडौँ, २८ कात्तिक । निर्वाचन आयोगले सङ्खुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । 

प्राध्यापकले फेसबुक पेजमार्फत् मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । 

‘उपर्युक्त सम्बन्धमा तपाईंले आफ्नो फेसबुक पेजमार्फत् नियमित रुपमा एउटा पार्टीको मत मागेको भनी उजुरी परेको हुँदा यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले लेखेको पत्रमा उल्लेख छ । 

निर्वाचन आचारसंहिता, २०७९  को दफा १० खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ । 

सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत् मत माग्न नहुने उल्लेख छ । 

‘उल्लेखित सन्दर्भमा तपाईंले आफ्नो फेसबुक पेजमार्फत् निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?,’ आयोगले सोधेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति