कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झदै गरे ओलीको प्रशंसा

काठमाडौँ, २८ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् । 

सामाजीक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका छन् । 

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरुभन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरुभन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन् । 

राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति