मस्कले जी २० को साइडलाइन बैठकलाई सम्बोधन गर्ने

बाली, २७ कात्तिक । अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी हुने छन् । उनी  इन्डोनेसिया जाने छैनन् बरु भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इन्डोनेसियाली अधिकारीले बताए । इलेक्ट्रिक कार निर्माता टेस्लाका समेत मालिक मस्कले बालीको रिसोर्ट टापुमा बी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । 

विश्वको सबैभन्दा धनी व्यक्तिले सोमबार बी २० मा इन्डोनेसियाली टाइकुन अनिन्द्य बकरीसँग “वैश्विक प्राविधिक आविष्कारको भविष्यमा अवरोध“ विषयमा एक घण्टा लामो भर्चुअल छलफलमा भाग लिने मस्को सचिवालयले जनाएको छ । 

बी २०ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई सहभागीको रूपमा सूचीबद्ध गरेको छ । 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्ने बारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board