सिटी र चेल्सी पराजित

काठमाडौँ, २७ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । 

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुवै गोल गरे । यसअघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । 

जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औँ स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।

राति नै भएको अर्को खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भयो । न्युकासलको जितमा जोए विल्कले ६७औँ मिनेटमा निर्णायक गोल गरे । 

न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौँ स्थानमा छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति