गृहमन्त्रीको दाबी– गठबन्धनले १३१ सिट जित्छ, एमाले २१ मा सीमित

बुटवल, २७ कात्तिक । ­गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचनमा सत्ता गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरेका छन् ।

नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षमा १३१ सिट जित्ने सुनिश्चित भएको दाबी गरेका हुन् । खाणले गोप्य अध्ययनका आधारमा यो प्रक्षेपण प्राप्त भएको दाबी गरे । २३ वटा थप क्षेत्रमा उच्च प्रतिस्पर्धा रहेको बताउँदै उनले केही मेहनत गरे जित्न सकिने जिकिर गरे ।

खाणले एमालेसहितको गठबन्धन जम्मा २१ क्षेत्रमा मात्रै अघि रहेको दाबी गरेको छ । अग्रगमनको पक्षधर पार्टी भएपनि पछिल्लो केही समययता पश्चगमनको नेतृत्व गरेका कारण एमालेलाई घाटा लागेको उनको भनाइ थियो ।

गृहमन्त्री खाणले अबको ५ वर्ष नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने प्रतिवद्धता जनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति