जिल्लाको बेइज्जत गर्नेलाई किन भोट दिने : ओली

काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा डोटी पुगेका उनले प्रेम आलेमगरतर्फ इंगित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए ।

उनले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए ।

आलेको भाषणले अन्तर्राष्ट्रिय बेइज्जत भएको र उनलाई मन्त्रीबाट हटाउन ‘लुते’ नेताहरूले नसकेको पनि बताए ।

“मैले आफैँले सही गरेर उम्मेदवारी दिएको व्यक्ति, डोटीको मात्र बेइज्जत होइन भाषा सुन्नुस्, डोटीको मात्र होइन सिंगै सभ्यताको, भाषा, संस्कृतिको बेइज्जत भयो नै नेपाली जातीको बेइज्जत अन्तर्राष्ट्रिय बेइज्जत भयो,” उनले भने, “विश्वभरिबाट के हो यस्तो मन्त्रीको भाषण, मन्त्री राजीनामा गर्दैन उसलाई हटाउन लुते नेताहरू सक्दैनन् ।”

ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रूखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति