गोरखामा प्रचण्डलाई औपचारिकता मात्र बांकी, प्रचण्ड भेट्ने गोरखालीको क्रेज !(भिडियो अन्तर्वार्ता र फोटो फिचर)

जौवारी गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट उम्मेदवार भएपछि गोरखाली जनतामा विचित्र उत्साह देखिएको छ । उनली चितवनमा देखिनेगरी बाटोघाटो र विकास निर्माणका काम गरेको देखेका सुेनाका गोरखालीलाई गोरखामा पनि त्यस्तै कालो र ल्लिो बाटो बनाउने मन छ ।
चुनावी एजेण्डा वा मतदाताको माग केवल धुलौटे बाटो पिच र प्रचण्डसंग सेल्पीखिच्ने, एकपटक प्रचण्डलाई आफ्नौ हताले छुने उत्कट चाहना भएको देखियो ।
मनोनयन दर्तापछि गोरखामा जम्माजम्मी ७ दिन आउजाउ गरेका प्रचण्डले गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एकपटक घुमिसकेका छन् ।


मनोनयन दर्ता गराएको एक महिनामा उनले पाँच दिन गोरखामा बिताएका छन् । गोरखाबाहिर रहेका मतदातासँगको भेटघाट काठमाडौं, चितवन, पोखरातिर पनि चलेको छ । गोरखा २ मा गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका पर्छन् ।
गोरखा २ मा ३८ वडा छन् जहाँ मतदाताको संख्या १ लाख ६ हजार २४० छ । माओवादी नेताहरूका अनुसार यो निर्वाचन क्षेत्रका ३८ वडामध्ये सबैमा प्रचण्ड पुगेका छन् । अब २८ कात्तिकमा गोरखाको ठांटी कांधमा केन्द्रिसकृत ससभा हुंदैछ ।


प्रचण्ड गोरखा आउँदा एक ठाउँमा ५ देखि १५ मिनेटसम्म समय बिताउने गरी दौडधुपमा छन् । जनतालाई नजिकैबाट प्रचण्ड देख्न पाएकोमा जति दंग छन्, केही ठाउंमा कांग्रेस विग्रेपछि के गर्ने यस्तो पनि हुने रहेछ भन्दै निराशा व्यक्त गर्ने कांग्रेसी पुराना मतदाता पनि सवै जसो ठाउंमा एकाधदुई भेथिएका थिए । ‘‘७० प्रतिशत निर्वाचन क्षेत्र त उनले शुरु को तीन दिनमा नै सकेका थिए । प्रचण्डसंग गोरखाका कांग्रेसी नेताहरु कमला पन्त, सुरेन्द्र राज देवकोटा तथा माओवादी उपाध्यक्ष नारायणकाजी र हितराज पाण्डे लगायतका खटिरहेका छन् ।
प्रचण्ड प१८ कात्तिकमा गोरखा पुग्दा एकैदिन उनी पाँचवटा कार्यक्रममा सहभागी भएर फर्किएका थिए । त्यसअघि १२ कात्तिकमा प्रचण्ड गोरखामा मतदाता भेट्न आएका थिए । १२ कात्तिकमा बास बस्ने गरी गोरखा आएका थिए ।

चुनावअघिका चार दिन प्रचण्डले गोरखामा बिताउनेछन् । त्यसमा प्रचण्डलाई गोरखामा उनी लडिरहेको र गोरखा १ का गाउँगाउँ पुर्‍याउने तयारी छ । अब गोरखा आउँदा प्रचण्ड भूकम्पको केन्द्रबिन्दु बारपाक जानेछन् । यसरी हेर्दा गोरखामा उनले १० दिन चुनाव प्रचारमा खर्चिने देखिन्छ । १२ कात्तिकमा उनी एकैदिन चारवटा पालिकाका ठाउँठाउँ डुलेका थिए । त्यो दिन आरुघाट गाउँपालिका, त्यसपछि भीमसेन थापा गाउँपालिकाको घ्याम्पेसाल, बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकासम्म पुगेका थिए । त्यो दिन अजिरकोटको भच्चेकमा बास बसेका प्रचण्डले भोलिपल्ट १३ कात्तिकमा गोरखा २ का १० वडामा पुगेका थिए ।
१३ कात्तिकमा सिरानचोक गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ का मतदातासँग भेटघाट गरेका थिए । त्यसपछि पालुङटार नगरपालिकाको १, १०, ९, ६, ७, ८ पुगे । प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि साथसाथै छन् । १३ कात्तिकमा प्रचण्ड बाबुरामको गाउँ पालुङटार–१, खोप्लाङ गएका थिए । गोरखामा प्रचण्ड सबै ठाउँमा एकपटक पुग्ने तर धेरै समय नबिताउने गरी मतदाता भेटिरहेका छन् ।


कम्तीमा ८५ प्रतिशत मतको आशा

माओवादीको आफ्नै जनाधार राम्रो भएको त्यहीँमाथि कांग्रेस पनि साथमा हुँदा प्रचण्ड चुनाव जित्नेमा ढुक्क छन् । उनी कसरी हुन्छ मतान्तर बढी बनाएर रेकर्ड कायम राख्न चाहन्छन् । गोरखामा प्रचण्डले चुनाव जित्ने मात्रै होइन, नतिजामा रेकर्ड कायम हुने दाबी गरिरहेका छन् ।
कतिसम्म भने प्रचण्डले आफूले प्रतिस्पर्धी उम्मेदवार नै नचिनेको समेत भन्दिए । त्यहां एमालेका तर्फबाट विवेकशील साझाबाट सापटी लिएका अव्दुस मिया उमेद्वार रहेका छन् ।‘‘प्रचण्ड भन्छन् – यहाँको परिणामलाई अझै उचाइमा कसरी लैजाने भन्नेमा यहाँका जनता, बुद्धिजीवी रहेको पाएको छु ।’

गोरखा २ मा आगामी ४ मंसिरमा कुल खस्नेमध्ये कम्तीमा ८५ प्रतिशत मत अध्यक्ष प्रचण्डलाई आउने अपेक्षा गोरखाका माओवादीहरूको दावी छ । ‘नेताहितराज पाण्ढे र नेका नेतृ कमला पन्तले भनिन्‘जित्नेमा दुई मत छैन । मात्र कति मतले जित्ने भन्ने कुरा हो । खसेकोमध्ये ९० प्रतिशत मत हाम्रो पक्षमा छ । ८५ घट्दैन ।’
कुल मतदातामध्ये ७० प्रतिशत मत खस्ने माओवादीको आन्तरिक अनुमान छ । त्यसो हुँदा ७४ हजार मत खस्छ । त्यसमा ६० हजार भन्दा बढी मत अध्यक्ष प्रचण्डले पाउने नेता मगर दाबी गर्छन् । गोरखामा प्रचण्डले प्रचारमा त्यति समय नखर्चनुको कारण गठबन्धन र माओवादीको संगठन हो । प्रदेशसभाका उम्मेदवार गाउँगाउँ पुगिरहेका छन् र उनीहरूले नै प्रचण्डको प्रचार गरिरहेका छन् ।
स्थानीय तहको नतिजा हेर्दा माओवादी गोरखाको पहिलो शक्ति हो । गोरखा २ का वडाध्यक्षको मत हिसाब गर्दा ३८ वडामा माओवादीले २२ हजार ६४० मत पाएको थियो । कांग्रेसले २० हजार ८५१, एमालेले ७ हजार ८४८ र जसपाले ७ हजार १०९ मत पाएका थिए । स्थानीय तहमा गठबन्धन हुँदा माओवादी–कांग्रेसका सबै ठाउँमा उम्मेदवार थिएनन् । त्यसले गर्दा यी दुई पार्टीको मत अझ बढी हुन सक्छ । गोरखामा एमाले तेस्रो शक्ति हो ।
प्रचण्डले गोरखाका भच्चेक र जौवारीबाट नै देशका मुख्य मुख्य र विदेशी सञ्चारमाध्यमलाई समेत अनतर्वार्ता दिइरहेका छन् । उनले सवबै ठाउंमा नेका नेता गिरिजाबाबु र आफूले शान्ति ससम्झौतामा हस्ताक्षर गरेदेखि नै माओवादीले रुखमा र कांग्रेसले हंसिया हथौडमा भोट हाल्न शुरु गरेकाले कसैले अप्ठेरो नमानीकन मतदान गर्न अपिल गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board