राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन् । 

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्यान्ड पुगेकी भण्डारी स्वदेश फर्किएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए ।

भण्डारीले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’मा सम्बोधनसमेत गरेकी थिइन् । उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति