मध्यरातमा ‘नाइट क्लब’ पुगेका ओली युवासँग र्‍याप गीतमा झुमे (फोटो फिचर)

काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मध्यरातमा एक नाइट क्लबमा पुगेका छन् । एमाले अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) क्लब पुगेका हुन् ।

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन् । केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।

शुक्रबार ने ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो ।

युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति