ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदै छन् । 

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौँ फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले १८ कात्तिकमा दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति