एमाले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले विजयी हुन्छ : विष्णु पौडेल

काठमाडौं, २५ कात्तिक । पुर्व अर्थमन्त्री एवंम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले विजयी हुने बताएका छन ।

आज (शुक्रवार) बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै उनले यस्तो बताएका हुन । पौडेलले रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरि नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको बताए ।

उनले विकास र समृद्धिका लागि ४ मंसिरमा निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठुलो दल बनाउने बताए । उनले भने, ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौँ । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन ।

सबै दल, जातजाति, भाषभाषीका जनतालाई सम्मान रूपले हामीले हेर्ने छौँ,’– कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो । ’

पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक सहरको रुपमा विकसित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरू जोड्ने सडकलाई कालोपत्रे गरिने छ ।

मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरू अघि बढाइने छ,’–पौडेलले भने, ‘बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।’ निर्माणाधीन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उनले बताएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति