राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाले सम्बोधन गर्ने

काठमाडौँ, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौँको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दै छ । 

चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । 

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा,  प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।  

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।  मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति