चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ

लमजुङ, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

लमजुङ दुधपोखरी गाउँपालिका–६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए ।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । “प्रदेशदेखि संघसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शंका नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने ।

खानेपानी, सडक, यातयात, रोजगारलगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति