काठमाडौँ, २४ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मार्क्सवादी–लेलिनवादले मात्र नेपालमा हित गर्न सक्ने बताएका छन् । बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले थोरैबाट भएपनि आफूले नयाँ कम्युनिस्ट पार्टी निर्माण सुरू गरेको बताएका हुन् ।
नेपालले संघर्षबाट आत्तिएर डराएका पार्टी र जीवन निर्माण नहुने धारण राखे । “विचारले विश्वास जगाउँछ, आँट ल्याउँछ,” उनले भने, “इतिहासको निर्माणकर्ता जनता हो । जनतालाई गलत कुरामा आन्दोलित बनाउनुपर्छ ।”
नेपाल जतिसुकै विभाजित भएपनि कम्युनिस्ट पार्टीभित्रका कार्यकर्ता कम्युनिस्ट पार्टीमै गएको धारणा राखे । नेपालले जनताको बहुदलीय विचार ल्याउन खोज्दा पनि त्यो समयमा एकभन्दा बढी कम्युनिस्ट पार्टी हुनु घृणा नहुने सोचेको बताए ।
पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्याउने उनको भनाइ थियो । नेपालले १ सय रूपैयाँबाट सुरू भएको वृद्धभत्ता अहिले ४ हजार पुगेको बताए ।
“अरूले नगरेको काम हामीले गरेका हौँ । बुढापाकालाई हामीले पेन्सन दिन सुरू गर्यौँ,” उनले भने, “१०० रुूपैयाँबाट ४ हजार वृद्धभत्ता पुर्याएका छौँ । अब भोलि हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्याउँछौँ भनेर भनिरहेका छौँ । यो हाम्रो वचन हो ।”
उनले अगाडि थपे, “आफ्नो गाउँ आफैँ बनाउँ भन्ने अभियान सुरू गरेको, विकासको निमित्त छुट्टै बजेट निर्माण गरेर ‘नौ स’को अभियान हामीले सुरू गर्यौँ । जनताले हामीलाई विश्वास गरेका थिए ।
नेपालले २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम सुरू गरेको स्मरण गरे । उनले भने, “घरबारविहीन मान्छेलाई राज्यले घर बनाएर दिनुपर्छ भन्ने निर्णय गराएर दलित आवास र जनता आवास कार्यक्रम शुभारम्भ गर्यौँ ।”
अध्यक्ष नेपालले २०७४ सालमा एमालेलाई जनताले ठुलो मौका दिएको समेत स्मरण गरे । नेपालले बहुमतको सरकार हुँदा पनि ओलीको कारण पार्टीमा विद्रोह गर्नुपरेको स्पष्ट पारे । नेपालले भने, “ओलीले दुई–दुई पटक संसद् विघटन गरे । ओलीले पार्टीलाई गुटमा परिणत गरे ।” उनले पार्टीले पार्टीको रूपमा काम नगरेर कम्युनिस्ट आदर्श, सिद्धान्तलाई परित्याग गरेपछि अहिलेको अवस्था आएको बताए ।
उनले संविधान जोगाउन, गणतन्त्रको रक्षा र समावेशिता लागु गर्न केपी ओलीको सरकार ढालेको बताए ।
प्रतिक्रिया